सर्लाहीमा किशोरीलाई ह-त्या गरी खोलामा फालियो !


सर्लाही : लालबन्दी नगरपालिका १७, रानिगन्जमा तीन दिनदेखि बेपत्ता किशोरीलाई ह-त्या गरी खोलामा फालेको अवस्थामा शव फेला परेको छ ।

साउन ३१ गते रातीदेखि रानिगन्जका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल बेपत्ता थिइन् । उनको शव मंगलवार राति घरदेखि करिव ३ किलोमिटरपर लालबन्दी नगरपालिका ६, स्थित कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

ति किशोरीको ह-त्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर पक्राउ पर्नेको पहिचान प्रहरीले गोप्य राखेको छ । उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ