महन्थ ठाकुर पक्ष जसपा लोकतान्त्रिक पार्टी दर्ता गराउदै


काठमाडौं : सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशको लाभ लिदै जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि नयाँ पार्टी दर्ता गर्ने भएको छ ।

जसपा नेपालको आधिकारीकता उपेन्द्र यादव पक्षले पाएपछि ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक नयाँ पार्टी दर्ताको तयारी गरेको हो । जसपाका एक नेताका अनुसार आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी भइरहेको छ ।

‘आज दल दर्ताको निवेदन लान्छौ । केन्द्रीय कार्यकारिणी समितिको सूची पनि बुझाउछौं । अन्य समिति र संरचनाबारे पछि निर्णय लिन्छौ’, ती नेताले भने ।

प्रस्तावित जसपा (लोकतान्त्रिक) मा महन्थ ठाकुर अध्यक्ष रहनेछन् भने चुनाव चिन्ह साइकल प्रस्ताव गरिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो स्थानीय निर्वाचन साइकल चिन्हबाटै लडेको थियो ।

त्यसअघि शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको चुनाव चिन्ह साइकल रहेको थियो ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ