फुट्यो जसपा, जसपा लोकतान्त्रिक दर्ता


काठमाडौ : जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा निवेदन दिएको थियो । त्यस बमोजिम आयोगले दल दर्ता गरी माग भएअनुसार दल दर्ता गरी साइकल चुनाव चिन्ह समेत प्रदान गरेको छ ।

आफूहरुको पक्षमा १५ जना संसद रहेको सो समुहका नेता राजेन्द्र महतोले जानकारी दिए । – नेपाल प्रेस

प्रकाशित : २०७८ भाद्र २, बुधबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ