नेपाल भ्रमणमा रहेका भाजपा नेताले भने- हिन्दूराष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ


काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दूराष्ट्रका बिषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको टिप्पणी गरे । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उनको भनाइ छ ।

उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने दाबी गरे । उनले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पारे ।

उनले नेपालमा नाकाबन्दी नलगाएको दाबी पनि गरे । उपाध्यायले नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले अलि–अलि समस्या हुनु स्वभाविक भएको धारणा राखे ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ