जनकपुर : महन्थ पक्षले नयाँ पार्टी खोलेपछि मैनबत्ती प्रज्वलन, मिठाई पनि बाँडियो


जनकपुरधाम : महन्थ ठाकुर समूहले जसपा नेपाल (लोकतान्त्रिक) नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएपछि जनकपुरमा स्वागत गरिएको छ ।

जानकी मन्दिर परिसरमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेता कार्यकर्ताहरु मैनबत्ती प्रज्वलन गरी नयां पार्टीको स्वागत गरे । उनीहरु आपसमा मिठाई समेत बांडेका छन्  ।

खुशियाली समारोहमा प्रदेश सांसद प्रमेश्वर साह, सुरिता साह, नेता संजय चौधरी लगायतका नेताहरु सहभागी थिए । यूवा नेता प्रशान्त झाले छिट्टै मजबुत र मधेसी जनताको पार्टी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार २१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ