आज प्रचण्ड, माधव र बाबुराम एउटै मञ्चमा उभिँदै


काठमाडौं : आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।

अन्तर्क्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड छन् भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहेका छन् । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ