ओलीलाई छाडे बामदेव, माधव नेपाललाई साथ दिने निर्णय


काठमाडौं : एमाले फुटेपछि नेता बामदेव गौतमले अध्यक्ष केपी ओलीको साथ छाडेका छन् । उनले माधव नेपाललाई साथ दिने स्पष्ट पारेका हुन् ।

गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा ९एमाले(समाजवादी०लाई सहयोग गर्ने निर्णय गरेको छ । यो निर्णयको पुष्टि उनको सचिवालय सदस्य शैलेन्द्र राउतले गरे ।

वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । हिजो निर्वाचन आयोगमा पार्टी दर्ताको लागि नेपालले बुझाएको सूचीमा गौतमको नाम भने छैन ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ