माधव नेपालले पार्टीको नामबाट एमाले हटाए, चुनाव चिन्ह अझै टुङ्गो लागेन


काठमाडौं : नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालले पार्टीको नामबाट एमाले हटाएको छ ।

नेपालले निर्वाचन आयोगमा बिहीबार नै नेकपा एमाले समाजवादीको नाम परिर्वतन गरि पार्टी दर्ताको निवेदन दिएको बुझिएको छ । नेपाल पक्षकी केन्द्रीय सदस्य निरा जैरुले बिहीबार ४ बजे निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भएको बताइन् ।

‘एमाले हटाएर कागजपत्र बुझाएका छौं,’ उनले भनिन्, ‘आज आयोगले प्रमाणपत्र उपलब्ध गराउँछ होला ।’ आयोगले एमाले नाम राख्दा मूलपार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो ।

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल दर्ताको निवेदन दनि निर्वाचन आयोग पुगेको थियो ।

नेपाल पक्षले चुनाव चिह्न भने अझै टुङ्गो लगाउन सकेका छैन । खुल्ला किताव चुनाव चिन्ह राख्दा अन्य पार्टीसँग मिल्न गएकाले अब अर्को चुनाव चिन्ह राख्नुपर्ने बताइएको छ ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ