सर्लाही : दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तो’ल बरामद


जनकपुरधाम : सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हति’यारसहित पक्राउ परेका छन् । मलगंवा नगरपालिका ११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्ता’लसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै-झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हति’यारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

‘दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गो’ली लोड भएको कटुवा पेस्तोल बरामद भयो,’ बुढाथोकीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित : २०७८ भाद्र ५, शनिबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ