बारामा दुई मोटरसाइकल जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु


जनकपुरधाम : बारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको

शनिबार राति साढे दश बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका १६ टाँगिया बस्ती नजिकै भएको दुर्घटनामा परि तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत प्र. २-०३-००२ प ५३३५ र विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलमा आगो लागेको थियो ।

दुर्घटनामा प्र. २-०३-००२ प ५३३५ नम्बरको मोटसाइकल चालक निजगढ नगरपालिका ९ बस्ने १६ वर्षीय विकाश साह र मोटरसाइकलको पछाडि सवार उनकी फुपु पर्साको बहुदरमाई नगरपालिका ४ डकैला बहुअरी बस्ने ३५ वर्षीय सुनैना देवी साहको मृत्यू भएको छ ।

बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट जिल्लाको घुङताङ ३ बस्ने ४० वर्षीय टुलुराज तामाङको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७८ भाद्र ६, आईतवार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ