प्रदेश २ र लुम्बिनी बाहेक सबै प्रदेशमा भारी वर्षा !


काठमाडौं : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा झरी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । अन्य प्रदेशका पनि एकाध ठाउँमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशभरका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र ८, मंगलवार ०८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ