रौतहटका एसपी शाहलाई हेडक्वार्टर तानियो


रौतहट : रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जिल्ला छाड्न बाध्य भएका छन् । उनी बुधबार बिहान काठमाडाैँतर्फ लागेको स्रोतले जनायो ।

निर्दोष एक पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजेको प्रकरणमा मुछिएका उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको बुझिएको छ । घटनाको छानबिन गर्न एसएसपी कृष्ण महतको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरेर शाहलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको हो ।

रौतहटको नयाँ प्रहरी प्रमुखमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन नसकेको प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ ।यस प्रकरणमा दुई जना प्रहरी निलम्बित भइसकेका छन् ।

प्रकाशित : २०७८ भाद्र ९, बुधबार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ