वीरगञ्जको सर्वोत्तम स्टील उद्योगमा विष्फोट, ११ जना घाइते


वीरगञ्ज : पर्साको वीरगञ्जस्थित सर्वोत्तम स्टील प्रा.लि.मा आज दिउँसो विस्फोट हुँदा कार्यरत ११ जना घाइते भएका छन् ।

निर्माणधिन अवस्थामा रहेको उक्त उद्योगमा रहेको कचरा फलाम गलाउने सिसिएममा विस्फोट भएको बताइएको छ । आज दिउँसो भएको विस्फोटमा घाईते भएकाहरुको उपचारका लागि अस्पताल लगिएको छ ।

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले विस्फोट भएको भन्ने खबर आएको र घटना स्थलमा प्रहरी पठाएको बताए ।

प्रकाशित : २०७८ भाद्र १०, बिहीबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ