तुइन प्रकरण : बेपत्ता जयसिंहका परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय


काठमाडौं : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बिहिबार आज बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एसएसबीले महाकाली नदीमा तुइन काटिदिँदा गत साउन १५ गते जयसिंह वेपत्ता भएका थिए । उनको खोजी ड्रोन क्यामेराले गरेपनि अझै फेला पर्न सकेका छैन ।

प्रकाशित : २०७८ भाद्र १०, बिहीबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ