प्रदेश २ का मन्त्रीको जिम्मेवारी हेरफेर, अर्थमन्त्रीलाई कृषिमा सरुवा


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् । उनीहरु दुवैजना जसपाका नेता हुन् । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कारण खुलाइएको छैन् ।

नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेवारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक मामिला बताए ।

प्रकाशित : २०७८ भाद्र १३, आईतवार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ