गणन थापाको घोषणा- कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिन्छु


काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा सोमबार आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । थापाले भने, ‘मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

थापा यसअघि पनि महामन्त्रीका उम्मेदवार थिए । कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए । यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताए ।

प्रकाशित : २०७८ भाद्र १४, सोमबार १२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ