राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदैं


राजविराज : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ ।

अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले जानकारी दिए । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको उनले बताए ।

सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरीसहित छिमेकी उदयपुर, सिरहा र सुनसरीमा रहेका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा। झाले बताए ।

हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ बेडको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ । रासस

प्रकाशित : २०७८ भाद्र १४, सोमबार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ