जलेश्वर र भंगहाका मेयरले रोजे लोसपा


जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

जिल्ला निर्वाचन आयोगको कार्यालय जलेश्वर पुगेर मेयरद्वय मिश्र र साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् । मेयर मिश्र र साह तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर पछिल्लो समय जसपा विभाजित भएपछि लोसपा निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी फुटेका कारण आयोगले भदौ २२ गतेभित्र जनप्रतिनिधिलाई सनाखत गर्न भनेको छ ।

लोसपाको पक्षमा महोत्तरीका अन्य जनप्रतिनिधिहरु समेत सनाखत गराइरहेका छन् ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ