महोत्तरी : निर्वाचन क्षेत्र पुगेपछि पूर्व राज्यमन्त्री कुशवाहालाई भव्य स्वागत


टुडेखोज, महोत्तरी : जसपाका केन्द्रीय सदस्य एवं प्रदेश २ का पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहालाई मंगलवार आफ्नो क्षेत्रमा भव्य स्वागत गरिएको छ ।

राज्यमन्त्रीबाट राजीनामा दिएपछि मंगलवार पहिलो पटक निर्वाचन क्षेत्र पुग्दा कुशवाहालाई स्थानीय नेता कार्यकर्ताहरुले भव्य स्वागत गरियो । नेता कार्यकर्ताहरुले मोटरसाइकल र्याली समेत निकालेका थिए ।

उनको स्वागतमा मनरा शिसवा नगरपालिका ३ मा कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री कुशवाहाले निर्वाचनको समयमा गरेको वाचामध्ये ९० प्रतिशत काम गरिसकेको र बाँकी १० प्रतिशत काम पनि पुरा गर्ने प्रतिवद्धता जनाए ।

उनले पदमा नरहेपनि जनताको सेवा गरिरहने मतदातालाई विश्वास दिलाए । उनले सत्ताको लोभमा केहि नेता पार्टी छाडेको टिप्पणी गरे । उनले भने, ‘पार्टी शुद्धिकरण भएको छ । कमजोर बनेको छैन ।’

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ