लोसपा अध्यक्ष ठाकुरसहितका नेता अचानक किन जनकपुर आए ?


जनकपुरधाम : जसपा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका पार्टीका शीर्षस्थ नेता जनकपुर आएका छन् । ठाकुरसँगै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी आज जनकपुर आएका हुन् ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेताद्वयलाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनीहरुको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुस समेत गरेका छन् ।

जसपाबाट अलग भएर लोसपा गठन भएपछि निर्वाचन आयोग जनप्रतिनिधिहरुलाई सनाखत गर्न भदौ २२ गतेसम्मको समय तोकेको छ । सोही कारण बढीभन्दा बढी सांसद तान्न लोसपा अध्यक्ष ठाकुर र नेताहरु जनकपुरधाम आइपुगेको बताइएको छ ।

तत्कालीन राजपाबाट २५ सांसद निर्वाचित भएका थिए । जसमध्ये ९ सांसद जसपामै रहने र लोसपामा १४ सांसदले सनाखत गर्ने बताइएको छ ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ