मधेस आन्दोलनका सहिदकी आमाले रोजिन् लोसपा


वीरगञ्ज : ०७२ सालको मधेस आन्दोलनका क्रममा सहिद भएका पर्साको शत्रुध्न पटेलकी आमा एवं पकहा मैनपुर गाउँपालिकाकी उपप्रमुख कुसुमी देवीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेकी छन् ।

जिल्ला निर्वाचन कार्यालयमा बुधबार उपस्थित भएर आफूले महन्थ ठाकुर नेतृत्वको लोसपाको पक्षमा सनाखत गरेको उपप्रमुख कुसुमीदेवीले बताइन् । ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीबाट गाउँपालिकाको उपप्रमुुखमा चुनाव जितेकी थिइन् ।

२०७२ सालमा भएको मधेस आन्दोलनको क्रममा उनका छोरा शत्रुध्न पटेलको प्रहरीको गोली लागी मृत्यु भएको थियो । पटेलको ०७२ असोज ३ गते संविधान जारी भएको दिन वीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

यसैगरी, संघीय समाजवादी पार्टी हाल जनता समाजवादी पार्टीबाट चुनाव जितेका पर्साको पोखरिया नगरपालिका १ का अध्यक्ष बंका राउत कुर्मी र जगरनाथपुर गाउँपालिका ६ का अध्यक्ष अयोध्या पटेलले पनि लोसपाको पक्षमा सनाखत गरेका छन् । साभार : देशसञ्चार

प्रकाशित : २०७८ भाद्र १६, बुधबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ