प्रदेश २ : एमालेमा बिद्रोह, ११ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत


जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेका ११ जना नवगठित सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् । क्यान्सर पीडित रहेका डिल्ली उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रमार्फत सनाखत गराएका हुन् ।

माधव पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले भोलि पर्सि आएर सनाखत गर्ने प्रदेश सांसद सत्रुध्न महतोले बताए ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । अब एमालेमा १० जना सांसद रहेका छन् ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १५:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ