देउवाले दिए महेश बस्नेतलाई चुनौती- अर्को चुनाव जितेर देखाउ


भक्तपुर : नेपाली कांग्रेसको चौंधौं महाधिवेशन अन्तर्गत सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेशन आजबाट शुरु भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर पुगेर वडा अधिवेशनको प्रारम्भ गरे ।

देशभर एकैदिन वडा अधिवेशन गर्ने योजना पार्टीले बनाएको भए पनि क्रियाशील सदस्यको विवाद समयमा टुंग्याउन नसक्दा शुक्रबार ५६ जिल्लामा मात्रै वडा अधिवेशन हुँदैछ । केन्द्रीय नेतृत्व चुन्नका लािग प्रतिनिधि पठाउने तल्लो तहको ईकाइ भएकाले पनि वडा तहदेखि नै नेताहरु आफुनुकूलको नेतृत्व चुन्न देशैभर खटिएका छन् ।

यसैबीच, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा वडा अधिवेशनको प्रारम्भ गर्दै सभापति देउवाले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास व्यक्त गरे । भक्तपुरमा पार्टी संगठन बलियो रहेको भन्दै देउवाले एमाले नेता महेश बस्नेतलाई जिल्लाका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति पनि दिए ।

यसअघि, भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै जित्ने दावी गरेको थियो । त्यही सन्दर्भमा देउवाले चुनौती दिँदै भने, ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ