Breaking- कैलालीमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते


कैलाली : कैलालीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब ११ बजे कैलालीको गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिएर भएको दुर्घटनामा थप चार जना घाइते भएका छन् ।

अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी छन् ।

यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन् । घाईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन् । विईङगरमा चालक र सहचालक मात्र रहेको र विङगर चालक फरार रहेको भन्दै प्रहरीले खोजी तिब्र पारेको छ ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ