उपेन्द्र यादवले राजे लोसपा !


जनकपुरधाम : जसपाका उपेन्द्र यादव र अनारदेवी सदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका १ का वडा सदस्यमा उनी दुबै जना तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

जसपाबाट फुटेर लोसपा गठन भएपछि उनी दुबै जनप्रतिनिधि निर्वाचन कार्यालय पुगेर लोसपा रोजेको बताइएको छ । लोसपा गाउँपालिकाका नेता सुनिल मण्डलले जसपाका ७५ प्रतिशत कार्यकर्ता आफ्नो पार्टीमा आएको दावी गरे ।

नेता मण्डलले अगामी निर्वाचनमा समेत जनकनन्दनी गाउँपालिकामा जसपाको पत्ता साफ हुने समेत बताएका छन् ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार २०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ