महोत्तरीमा सर्पले टोक्दा दुई बालिकाको मृत्यू


जनकपुरधाम : विषालु सर्पको टोकाइबाट महोत्तरीमा दुई बालिकाको मृत्यु भएको छ ।

सर्पले टोक्दा मनरासिस्वा नगरपालिका २ का चन्द्रशेखर सिंहकी ४ वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका २ का दाउद राइनकी ७ वर्षीया छोरी सोहना खातुनको मृत्यू भएको हो ।

दुबै बालिकालाई मंगलवार राति सर्पले टोकेको थियो । उपचारका लागि लग्ने क्रममा दुबै जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ