समिति सदस्यमा युवा व्यावसायी यादव मनोनयन


जनकपुरधाम : नेपाल उधोग वाणिज्य महासंघ प्रदेश २ को समाजिक तथा स्थानीय विकास समितिको सदस्यमा युवा व्यावसायी इन्जिनियर दिपक यादवलाई मनोनयन गरिएको छ ।

डी.के. ब्रदर्स एण्ड बिल्डर्स जनकपुरधामका संचालक समेत रहेका इन्जिनियर यादवलाई मनोनयन गरिएको पत्र बुधवार दिएको हो । पत्रमा महासंघ प्रदेश २ का निवर्तमान अध्यक्ष शिवशंकर साह हिरा र अध्यक्ष गणेश प्रसाद लाठको हस्ताक्षर रहेको छ ।

पत्रमा सामाजिक तथा स्थानीय विकास समितिको विकासको क्षेत्रमा इन्जिनियर यादवको योगदान र अनुभवप्रति उच्च कदर प्रकट गरिएको छ ।

यस्तै सम्बन्धित क्षेत्रको समुन्नत विकासका लागि विशेष पहल आवश्यक देखिएकोले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसंग सहकार्य गर्नमा योगदान पुग्ने उनीप्रति विश्वास रहेको पत्रमा उल्लेख छ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार २०:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ