जनकपुर : राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी, ताला फोड्न खोज्दा तनाब !


जनकपुरधाम : जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्ट शिक्षकहरु करार नियुक्ति माग्दै आन्दोलित भएका छन् ।

१५ दिनसम्म सांकेतिक आन्दोलन गर्दा पनि माग पूरा नभएपछि उनीहरुले बुधबार विश्वविद्यालयको उपकुलपति र रजिष्टारको कार्यालयमा ताला लगाएका थिए । उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर आज दिउँसो ताला फोडेपछि विश्वविद्यालयमा केहीबेर स्थिति तनावपूर्ण भएको थियो ।

आन्दोलित शिक्षकहरुले पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति प्रा. झाले वार्ता गर्ने भएका छन् । माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनीपछि उपकुलपतिले छलफल गर्न बोलाएको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले जानकारी दिए ।

अहिले उपकुलपति र कोर्ष कन्ट्रायक्ट शिक्षकहरुबीच बार्ता सुरु भएको बताइएको छ । तर वार्ताबाट माग पुरा गर्ने सम्भावना कम छ । उपकुलपति प्रा. झा नै माग पुरा गर्न नचाहेको स्रोतको दावी छ ।

विश्वविद्यालयमा अहिले ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षक कार्यरत छन् । स्थापना कालदेखि नै आफूहरु विश्वविद्यालयमा कार्यरत रहे पनि करारमा नियुक्त गर्न आनाकानी गरेकाले आन्दोलनमा उत्रनुपरेको शिक्षकहरुको गुनासो छ ।

प्रकाशित : २०७८ भाद्र २४, बिहीबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ