धनुषामा मात्रै १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रुपैयाँ बेरुजु


जनकपुरधाम : धनुषामा गत आर्थिक वर्ष २०७६/७७ मा १८ अर्ब ८ करोड ३२ लाख ९९ हजारको लेखा परीक्षण हुँदा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रकम बेरुजु भएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनमा जिल्लाको १८ वटा स्थानीय तहको ४ अर्ब २७ करोड ३७ लाख ५९ हजार रुपैयाँ बेरुजु भएको देखिएको हो ।

धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेकोमा सबैभन्दा बढी सबैला नगरपालिकामा २८ करोड २७ लाख २९ हजार रुपैयाँ बेरुजु भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७ करोड १६ लाख ३ हजारको लेखापरीक्षण हुँदा सो नगरपालिकामा २८ करोड २७ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो कूल परीक्षण रकमको २६.३८ रहेको महालेखाको कार्यालयले जनाएको छ । अहिलेसम्म यस स्थानीय तहको ५८ करोड ४९ लाख ५४ हजार रुपैयाँ बेरुजु भएको हो ।

कमला नगरपालिकाको ९३ करोड ४ लाख २२ हजारको लेखापरीक्षण हुँदा १३ करोड ८१ लाख ३८ हजार बेरुजु देखिएको हो । यो लेखापरीक्षण गरिएको रकमको १४.८५ प्रतिशत रहेको जनाइएको छ । कमला नगरपालिकाको हालसम्म ३५ करोड २६ लाख २ हजार रकम बेरुजु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ७८ करोड ३५ लाख ९८ हजारको लेखापरीक्षण हुँदा ३५ करोड ५७ लाख ७२ हजार रकम बेरुजु देखिएको छ । जनकपुरधामको बेरुजु १२.७८ प्रतिशत रहेको छ । जनकपुरधामको अहिलेसम्म ८० करोड ७९ लाख ३५ हजार रकम बेरुजु भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बटेश्वर गाउँपालिकाको ७० करोड ९० लाख २७ हजारको लेखापरीक्षण गर्दा ६ करोड ८३ लाख १९ हजार रकम बेरुजु भएको छ । त्यस्तै, धनौजी गाउँपालिकाको ५३ करोड ५४ लाख ३० हजारको लेखापरीक्षण गर्दा ४ करोड ९८ लाख ३ हजार बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै नगराईन नगरपालिकाको ८४ करोड ३० लाख ६८ हजारको लेखापरीक्षण हुँदा ६ करोड २० लाख २३ हजार रकम बेरुजु भएको छ । विदेह नगरपालिकाको ९७ करोड २० लाख २८ हजारको लेखापरीक्षण हुँदा ७ करोड ७३ लाख ३६ हजार बेरुजु भएको छ । मिथिला विहारी नगरपालिकाको ९५ करोड २८ लाख ४७ हजारको लेखापरीक्षण हुँदा ६ करोड ८० लाख ८७ हजार बेरुजु भएको उल्लेख छ ।

यसै गरी लक्ष्मिनिया गाउँपालिकाको ७६ करोड २८ लाख १९ हजारको लेखापरीक्षण हुँदा ५ करोड ४२ लाख ९० हजार बेरुजु रकम आएको प्रतिवेदनमा उल्लेख छ । क्षिरेश्वरनाथ नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब १० करोड ८२ लाख ४० हजारको लेखापरीक्षण गर्दा ७ करोड ७० लाख ५२ हजार रकम बेरुजु आएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ५६ करोड २९ लाख ९७ हजारको लेखापरीक्षण हुँदा २ करोड ९२ लाख ३ हजार बेरुजु आएको छ ।

त्यस्तै औरही गाउँपालिकाको ६२ करोड ६५ लाख २० हजारको लेखा परीक्षण गर्दा ३ करोड ३ लाख ८५ हजार रकम बेरुजु आएको छ । जनकनन्दिनी गाउँपालिकाको ६६ करोड ६१ लाख ७० हजारको लेखापरीक्षण गर्दा ३ करोड ६६ लाख ३० हजार रकम बेरुजु आएको छ । धनुषाधाम नगरपालिकाको १ अर्ब २१ करोड ३३ लाख ९ हजारको लेखापरीक्षण गर्दा ५ करोड ५६ लाख ६३ हजार बेरुजु आएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हंसपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ मा ९५ करोड ९९ लाख ६६ हजारको लेखापरीक्षण गर्दा ११ करोड ८६ लाख ५३ हजार रकम बेरुजु भएको हो । हंसपुरको अहिलेसम्म ३५ करोड ९४ लाख ३९ हजार रुपैयाँ बेरुजु भएको छ । शहीदनगर नगरपालिकाको १ अर्ब १४ करोड ५१ लाख २ हजारको लेखापरीक्षण हुँदा १२ करोड ४९ लाख ५० हजार रकम बेरुजु भएको छ । हालसम्म २९ करोड ७३ लाख २७ हजार रकम बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।

मिथिला नगरपालिकाको १ अर्ब ११ करोड ३१ लाख ९१ हजारको लेखापरीक्षण गर्दा १२ करोड १४ लाख १८ हजार रकम बेरुजु आएको छ । हालसम्म मिथिला नगरपालिकाको २४ करोड ४६ लाख १८ हजार रकम बेरुजु भएको छ । सबैभन्दा कम बेरुजु गणेशमान चारनाथ नगरपालिकाको रहेको देखिएको छ । यस पालिकाको आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब १२ करोड ६९ लाख ६२ हजारको लेखापरीक्षण गर्दा २ करोड ७८ लाख १८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । – फरकधारबाट

प्रकाशित : २०७८ भाद्र २४, बिहीबार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ