सर्वोत्तम स्टील उद्योगमा विस्फोट प्रकरण- घाईतेमध्ये ५ मजदुरको मृत्यू, रहस्य लुकाउने प्रयास


बीरगञ्ज : बीरगंजस्थित सर्वोत्तम स्टीलमा विष्फोटमा परी घाइते भएकामध्ये पाँच जना मजदूरको मृत्यु भएको छ । भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जना मध्ये ५ जना मजदूरको मृत्यु भएको हो । मृतक सबै ५ जना भारतीय नागरिक हुन् ।

पटनामा उपचारका क्रममा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, बिहारकै २७ वर्षीय गगन नायक बिहारी, भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो । देशको बिभिन्न ठाउँबाट संकलन गरी ल्याएको फलामे कबाड गलाउने क्रममा एलपीजी गैसको सिलिंडर भट्टीमा विष्फोट हुँदा १५ जना घाइते भएका थिए ।

फैक्ट्रीमा भएको विष्फोटमा पाँच जनाको मृत्यु भएको पर्साका एसपी बेलबहादुर पाण्डेले पनि स्वीकार गरेका छन् । विष्फोटमा परि घाईते भएका मध्ये १६ गते नै तीन जनाको मृत्यु भएको र १८ गते दुई जनाको मृत्यु भएको थियो । सौरभ ग्रुपद्वारा संचालित बीरगंज महानगरपालिका –२२ मनिहारीस्थित स्टिल फैक्ट्रीमा गत भदौ १६ गत्ते भठ्ठीमा विष्फोट भएको थियो ।

घाईतेहरुलाई लुकिछिपी भारत बिहारको राजधानी पटना पु¥याईएको एक कर्मचारीले नाम नखुलाउने सर्तमा टुडेलाई बताए । उनले भने, ‘विष्फोट भएको केही बेरमै सबै घाईतेलाई भारत तिर पठाईयो अनि घटना हुँदै नभएको झैँ देखाउन संचालकहरुले हरेक प्रकारका चलखेल गरिरहेको छ ।’

संचालक राजेश अग्रवाल घटना लुकाउन हरसम्भव प्रयास गरिरहेका छन् । बिहीबार साँझ उद्योगका महाप्रबन्धक गुरु प्रसाद चौधरीको प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेका छैनन् । उनको मोबाइल नम्बर ९८५१२३७१८७ पटक पटक फोन सम्पर्कमा गर्दा उनले फोन रिसिभ गरेका छैनन् ।

यसअघि घटना भएकै दिन पनि घटनास्थलमा सन्चारकर्मीलाई समेत जान नदिइ उद्योगको मूल गेटबाटै उद्योग व्यवस्थापनले फर्काइ दिएको थियो । वीरगञ्जमै सुविधा सम्पन्न ठूला अस्पतालहरु भएपनि घटनाको वास्तविकता बाहिर सार्वजनिक नहोस् भनेर उद्योग व्यवस्थापनले घटना भएकै दिन ६ जना मजदुरलाई उपचारका लागि भन्दै रातारात भारतको पटना लगेको थियो ।

घटना भएकै दिन वीरगन्जको अस्पतालमा उपचारत मजदुरले सन्चारकर्मीलाई उद्योगकै लापरवाहीका कारण भठ्ठी पड् कीएर आगो लागेको रहस्य खोलेपछि त्यहि दिन रातारात ती मजदुर सहित ६ जना घाइतेलाइ रातारात पटना लगिएको थियो । घटनालाई लुकाउने प्रयासमा रहेका फैक्ट्रीका संचालकहरुले अहिले सम्म मृतकहरुको नाम समेत खुलाएका छैनन् ।

यता स्थानीय संचारकर्मीहरुले पटक–पटक सोध्दा पनि घाईतेहरुको उपचार भईरहेको फैक्ट्रीका कर्मचारीहरुले बताउँदै आएका छन् । मृतकहरु सबै भारतीय नागरिक रहेको जानकारी दिँदै एसपी पाण्डेले भने, ‘हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं प्रारम्भिक अनुसन्धानले मृत्यु भएको घटना पुष्टि भएको छ, हामीले फैक्ट्री संचालकलाई मृतकहरुको नाम खुलाउन आदेश समेत दिएका छौं ।’

बिग्रेका सिलिण्डरहरु गलाउने क्रममा सेफ्टी अपनाउनु पर्ने सिलिण्डरमा ग्यास रहेको नरहेको पत्ता लगाउनु पर्ने भएपनि लापरवाही गर्दा विष्फोट भएको हो । – जनकपुर टुडे

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ