नेपाल प्रहरीमा २२१ जनाका लागि जागिर खुल्यो


काठमाडौं : नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।

प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ ।

यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ । दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ ।

माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ