सरकारले ५ लाख गरिबलाई १० हजारका दरले अनुदान दिने


काठमाडौं : सरकारले कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिडबाट प्रभावित भएर रोजगारी गुमाएका तथा असंगठित क्षेत्रका पाँच लाख विपन्न परिवारलाई एकपटक १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन् ।

उनले स्थानीय तहको समन्वयमा यो रकम उपलब्ध गराइने बताए । विपक्षीको अवरोधका बाबजुद अर्थमन्त्री शर्माले संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ