संसद्मा गृहमन्त्रीको माइक तानियो, प्रधानमन्त्रीले माइक लुकाए


काठमाडौं : प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा तल एमाले सांसदहरूको चर्को नाराबाजी गरेका छन् ।

एमाले सांसदहरू आक्रोशित भए । मर्यादापालकसँग घम्साघम्सी चल्यो । यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन् ।

त्यही क्रममा एमालेका अन्य सांसदले उनलाई रोके । माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाएका थिए ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ