कृषि बाली र पशु बीमामा अब ८० प्रतिशत अनुदान


काठमाडौं : सरकारले कृषि बाली र पशु बीमामा दिँदै आएको प्रिमियम अनुदान वृद्धि गरेको छ ।

अहिलेसम्म यस्तो बीमा गर्न ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले दायरा विस्तार गरी ८० प्रतिशत पुर्याएको हो ।

कृषि तथा पशुजन्य व्यवसायमा जोखिम न्यूनीकरण गरी सो क्षेत्रमा किसानहरूलाई आकर्षित गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताए ।

शर्माले आज संसदमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ