मधेसमा यसरी मनाइयो लोकपर्व चौरचन


जनकपुरधाम : मधेसका जिल्लाहरुमा लोकपर्व चौठचन्द्र अर्थात चौरचन शुक्रवार साँझ मनाइएको छ ।

भाद्र शुक्लपक्षको चतुर्थी तिथीमा घरमा विभिन्न पकवान बनाई, पुजा आजागरि अनेक प्रकारको फलफुल लिएर चन्द्रमाको दर्शन गर्ने परम्परा चौरचनमा रहिआएको छ । चौरचनमा दही, खीर र पुरीको विषेश महत्व रहन्छ ।

साँझमा व्रती महिलाले खीर, पुरी, पिरुकिया, खचुरी, मिठाई, फलफुल राखेर ‘‘मरर भरेर’ अर्थात थुपारेर पूजा गर्छन् । त्यसपछि चन्द्रमाको दर्शन गर्ने गरिन्छ ।

घरपरिवारको कल्याणकोलागि गरिने चौठचन्द्र पर्वमा फलफुल हातमा राखेर चन्द्रमाको दर्शन गर्नाले अभिषप्त चन्द्रमा दोष रहित हुने जनविश्वास छ ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ