सभामुखको टाउको फुटाउने हाम्रो योजना थियो : एमाले सांसद झा


काठमाडौं : नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार (आज) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् ।

सांसद झाले जे पायो त्यसैले टाउको फुटाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टाउको फुटाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ यसका साथै उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्रतिकार गर्ने पनि बताइन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरोध गर्दै एमालेका सांसदहरुले रोष्ट्रममा उक्लिने प्रयास गरेका थिए । संसदमा उनीहरुलाई मर्यादापालकले रोष्ट्रममा जानबाट रोकेका थिए । – न्जूज24नेपाल

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार २०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ