जनकपुर : स्वस्तिक इङ्गलिस बोर्डिङ स्कूलका शिक्षकले विद्यार्थीको हात भाँच्यो


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ स्कूलका शिक्षकले कुटेर विद्यार्थीको हात भाँचिदिएको घटना सार्वजनिक भएको छ ।

स्कूलकी महिला शिक्षक शोभा साह एवं शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत विद्यार्थी सिद्धार्थ ठाकुरलाई कुटपिट गरेको बताइएको छ । कुटपिटबाट विद्यार्थी ठाकुरको हात भाँचिएको छ ।

शिक्षकले विद्यार्थीमाथि गरेको अमानविय व्यवहारको घटना यूवा अभियन्ता सरोज मिश्रले सार्वजनिक गरेका हुन् । उनले सजायको नाममा हात भाँच्नेगरी कुटपिट गर्ने शिक्षक/शिक्षिकामाथि अबिलम्ब कारबाही गर्न माग समेत गरेका छन् ।

पीडित विद्यार्थीको स्वास्थ्य परीक्षणको निमित्त उचित क्षतिपूर्तिको ब्यवस्था मिलाउन समेत माग अभियन्ता मिश्रको छ । उनले क्षतिपूर्तिको व्यवस्था नगरे सामाजिक न्याय गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

यस्तै मापदण्ड बिपरितको सम्पूर्ण स्कुलहरुको लाइसेन्स खारीजीको मांगसहित अनुगमण एवं अवलोकन गर्न पनि सम्बन्धित निकायसँग माग गरिएको छ ।

प्रकाशित : २०७८ भाद्र २६, शनिबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ