सिरहामा दुई युवतीलाई बेच्न लगिरहेकी दुई महिला पक्राउ


सिरहा : सिरहा प्रहरीले मानव वेच बिखन तथा ओसोर पोसारमा संलग्न रहेको अरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

१६ र १९ वर्षका दुई युवतिलाई भारततर्फ बेचविखनको लागि लानेक्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षिय उषा देवी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाईदिने भनी बोलाएको युवतिहरुलाई उद्धरित गर्दै प्रहरीले बताए । लहान आईसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवैजनामाथि मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला जिल्लाअदालत सिरहाबाट म्याद थप गरी आपश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यस कार्यमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २६, शनिबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ