राष्ट्रिय सहमतिका आधारमा एमसीसी अघि बढाउनुपर्छ : अध्यक्ष यादव


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘मन्त्रिपरिषद् छिट्टै विस्तार हुन्छ ।’

यादवले गठबन्धनबीच मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको बताए । एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकूल अघि बढाउनु पर्ने उनको भनाई छ ।

प्रकाशित : २०७८ भाद्र २६, शनिबार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ