जनकपुरमा दिनदहाडै मोटरसाइकल लुटियो


टुडेखेज, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्ति घर अगाडीबाटै मोटरसाइकल लुटेर भागेका छन् ।

घर अगाडी पार्किङ गरी राखेको अवस्थामा मनोज कुमार यादवको लु ६४ प. ४४०६ नम्बरको गाडी अपरिचित व्यक्ति लुटेर भागेका हुन् । लुटिएका गाडी २२० सिसि पल्सर रहेको बताइएको छ ।

सेतो लुगा लगाएका व्यक्ति मोटरसाइकल लिएर भाग्न खोज्दा स्थानीयले हल्ला समेत गरेका थिए । तर हल्ला गर्दागर्दै पनि लुटेर भागे । गाडी लिएर भागिरहेको दृष्य त्यहाँको एउटा सिसि क्यामेरोमा समेत कैद भएको छ ।

पीडितले घटनाबारे प्रहरीलाई समेत जानकारी गराएको छ । तर आईतवार साँझसम्म मोटरसाइकल फेला पर्न सकेन । पछिल्लो समय जनकपुरधामबाट मोटरसाइकल चोरीको घटना बढ्न थालेको छ । प्रहरी भने लुटेरालाई पक्राउ गर्न सकिरहेका छैन ।

प्रकाशित : २०७८ भाद्र २८, सोमबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ