आज इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा, यी हुन् ११ परीक्षा केन्द्र


काठमाडौं : इजरायल जान चाहने श्रमिक छनोटका लागि आज भाषा परीक्षा हुँदैछ ।

परीक्षाका लागि काठमाडौँका विभिन्न ११ वटा परीक्षा केन्द्र निर्र्धारण गरिएका छन् । दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुँदैछन् ।

कलंकीमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार स्कुल, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज तथा नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धराको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेशनल कलेजमा भाषा परीक्षाका लागि केन्द्र तोकिएको थियो ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो ।

परीक्षामा सहभागी हुनेहरूका लागि प्रवेशपत्र इमेलमार्फत नै पठाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २८, सोमबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ