नगराइनमा ७० दलितको घर निर्माण हुँदै, मन्त्री यादवले गरे शिलान्यास


टुडेखोज, जनकपुरधाम : प्रदेश २ सरकारको जनता आवास कार्यक्रम अन्तर्गत धनुषाको नगराइन नगरपालिका २ मा ७० दलित परिवारको घर बन्ने भएको छ ।

सोमबार एक समारहेबीच प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले घरको शिलान्यास गरे । प्रतिघर निर्माणमा ३ लाख ३६ हजार रुपैयाँ खर्च गरिने बताइएको छ ।

शिलान्यास समारोहमा प्रदेश साँसद शिवचन्द्र चौधरी, मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हलखोर गरी चार जातका घर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : २०७८ भाद्र २८, सोमबार १०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ