प्रदेश २ : स्रोत नखुलेको ५ लाख रुपैयाँसहित अन्सारी पक्राउ


पर्सा : स्रोत नखुलेका ५ लाख रुपैयाँसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २ का ४३ वर्षीय महमद आसिफ अन्सारी छन् । वीरगञ्ज महानगरपालिका १७ शंकराचार्य गेटबाट आइतबार बिहानै पक्राउ गरेका अन्सारीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना. २५ प. ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम बरामद भएो थियो ।

पक्राउ परेका अन्सारी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २८, सोमबार १३:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ