नवलपुरमा बस र ट्रक ठोकियो : तीन जनाको मृत्यू, २४ घाइते


बर्दघाट : नवलपरासी-बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुरमा भएको दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान नवलपुरको गैँडाकोट स्मृति पुल नजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएको नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ