दुर्घटना घटाउन मन्त्री यादवद्वारा प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले दुर्घटना घटाउने उदेश्यले सडकमा राख्न डिभाइडर प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

मंगलवार मधेस भवनमा रहेको मन्त्रालयमै आयोजित एक समारोहबीच मन्त्री यादवले डिभाइडर प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्तिकारलाई हस्तान्तरण गरेका हुन् । ठूलो डिभाइडर २३५ थान, सानो डिभाइडर २०४ थान र ब्यारियर टेप (डोरी) ३९ थान हस्तान्तरण गरिएको छ ।

मन्त्री यादवले डिभाइडर प्रयोगले दुर्घटना न्यूनिकरण हुने विश्वास व्यक्त गरेका छन् । डिभाइडरहरु जनकपुर क्षेत्रकै सडकमा प्रयोग गरिने डिआइजी रञ्जितकारले बताए ।

डिभाइडर हस्तान्तरण समारोहमा मन्त्रालयका सचिव, सुरक्षा अधिकारी, मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ