चीनमा पढेका डाक्टहरू प्रदर्शनमा उत्रे, यस्तो छ माग


काठमाडौं : चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक पाए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । मापदण्ड पुरा गरेका १५५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न नपाउँदा भविष्य नै अन्योलमा परेको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले जनाएका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने र यसप्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसिप गर्न रोकिएको विद्यार्थीको गुनासो छ ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ