कसाई आमा-बुवा : जो आफ्नै छोराको ह’त्या गरे, पुगे प्रहरी खोरमा


रुपन्देही : गैडहवा वडा नम्बर ६ का एक दम्पती आफ्नै आठ महिने छोराको ह’त्या अभियोगमा पक्राउ परेका छन् । श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा छोराको हत्या गरेका हुन् ।

घटनापछि पक्राउ परेका मल्लाह दम्पतीले भदौ २६ गते छोराको ह’त्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ ।

२६ गते बिहानपख करिब १ बजे शिशुको ह’त्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो । घटनाको रहस्य अहिले खुल्न सकेका छैन ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ