मौसम अपडेट : केही भागमा चट्याङसहित वर्षा हुने


काठमाडौं : हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको महाशाखाको भनाइ छ ।

हाल प्रदेश नं १, बाग्मती र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बुधवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२४ घण्टाका लागि चेतावनी
देशको धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ भाद्र ३०, बुधबार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ