पर्सा : झण्डै डेढ लाख भारतीय नोटसहित युवक पक्राउ


वीरगञ्ज : भारतीय अवैध नोटसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका ४ का २५ वर्षीय अजयकुमार शर्मा रहेका छन् ।

वीरगञ्जन महानगरपालिका १६ रजत जयन्ती चोकबाट नियमित चेकजाँचका क्रममा एक लाख ४८ हजार ५०० भारतीय नोटसहित शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ना१५प २३७२ नम्बरको मोटरसाइकलमा आएका अजयलाई जाँच गर्दा उनको झोलामा ५०० का २९६ वटा र एक सयका पाँचवटा प्रतिबन्धित भारतीय नोट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शर्मालाई बरामद रकमसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

प्रकाशित : २०७८ भाद्र ३०, बुधबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ