पर्सा : कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ


वीरगञ्ज : पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् ।

उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको प्रहरीको भनाइ छ ।

प्रवेश पत्रमा सन्दीपको तस्वीर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो ।

प्रकाशित : २०७८ भाद्र ३०, बुधबार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ